अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने, सुरु भयो नाम दर्ता

पहिलो चरणमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मत हाल्ने अधिकार
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ता प्रक्रिया सुरु
असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने, सुरु भयो नाम दर्ता

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको र पहिलो चरणमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मत हाल्ने अधिकार दिन सकिने जनाएको छ ।

काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा प्रमुख आयुक्त दिनेश थपलियाले मलेसियासहित खाडीका ६ मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताउनुभयो । राजनीतिक दलहरुसँग पटक-पटक छलफल गरेर कार्यविधि पनि स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरे विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन सहज हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.