सदनमा प्रधानमन्त्रीको गुनासो- सरकार प्रमुखले सम्बोधन गर्न शीर्ष नेता नहुनु सदनकै मानमर्दन

आगामी आर्थिक वर्षको बजेट समानुपातिक छ : प्रधानमन्त्री दाहाल
असार ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सदनमा प्रधानमन्त्रीको गुनासो- सरकार प्रमुखले सम्बोधन गर्न शीर्ष नेता नहुनु सदनकै मानमर्दन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्‌मा सरकार प्रमुखले सम्बोधन गर्दा प्रमुख दलका शीर्ष नेता र मन्त्री तथा सांसदहरु नै उपस्थित नहुनुले सदन र संसदीय गरिमाकै मानमर्दन हुँदै गएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आज आफूले सम्बोधन गर्दा सत्ता र प्रतिपक्षी दलका सांसद नेता र मन्त्रीहरु नै अनुपस्थित भएपछि प्रधानमन्त्री दाहालले चर्को असन्तुष्टि जनाउनुभएको हो । कतिसम्म भने प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा संसद्‌मा रहेका सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका सांसदहरु, सरकारकै मन्त्रीहरु थिएनन् । सदन रित्तोजस्तै देखिन्थ्यो । प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने दिन शीर्ष नेताहरु बैठकमा सहभागी हुने अभ्यास तोडिएको र यसले राम्रो सन्देश नजाने भन्दै दाहालले कटाक्ष गर्नुभयो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको जानकारी नगराएको भन्दै चर्को विरोध गरेका सांसदहरु पनि जवाफ सुन्ने दिनमा सदनमा बसेको देखिएन । नेकपा एमाले अध्यक्ष केपी ओली हाजिर गरेलगत्तै फर्कनुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीले सम्बोधन गरिरहेकै बेला संसद्‌बाट बाहिरिनुभएको थियो ।

बजेटमा अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न सकिएन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा माधवकुमार नेपाल अनुपस्थित हुनुहुन्थ्यो । ओली, नेपाल र देउवा तीनैजना पूर्वप्रधानमन्त्री हुनुहुन्छ । त्यसो त उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरू पनि संसद्‌मा जानुभएन । त्यस्तै प्रतिपक्षी दलका नेताहरू राजेन्द्र लिङ्देन, महन्थ ठाकुर र उपेन्द्र यादवलगायत नेता पनि प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला बैठकमा देखिनुभएन ।

शीर्ष नेता अनुपस्थित भए पनि प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे सदनलाई जानकारी भने दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विगतमा दुई देशबीच भएका सन्धि-सम्झौताको प्रभावकारी कार्यान्वयनबारे भ्रमणका क्रममा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सीमासम्बन्धी संयन्त्रलाई प्रभावकारी बनाउने र संयन्त्रहरुको बैठक नियमित गर्ने कुरा पनि भारतीय प्रधानमन्त्रीसाग भएको जानकारी दिनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा गम्भीर छलफल भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालको असन्तुष्टिले संसद्प्रति न सत्ता पक्ष न त प्रतिपक्ष नै जिम्मेवार छ भन्ने पुष्टि गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन सरकारको उपेक्षामा परेको प्रतिक्रिया दिनुभयो ।

सामान्यतः प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने दिन शीर्ष नेताहरु मात्र होइन, सबै सांसद अनिवार्य उपस्थिति हुने संसदीय अभ्यास छ । तर आजको बैठकमा शीर्ष नेताहरु अनुपस्थित भए । यसले संसद्को गरिमा र संसदीय अभ्यासप्रति शीर्ष नेताहरुले नै बेवास्ता गरेको देखिन्छ ।

यो पनि...

बजेटमा अपेक्षा गरे अनुसारको रूपान्तरण गर्न सकेनौँ : प्रधानमन्त्री दाहाल

टीकापुर घटनाका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

बजेट सांसदहरुसँग छलफल गरेरै ल्याइएको हो : प्रधानमन्त्री

यसपटकको मेरो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्ने खालको थिएन : प्रधानमन्त्री दाहाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement