६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ पक्राउ

६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा पक्राउ गरिएको सीआईबीको दाबी
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ पक्राउ

काठमाडौं । गत साउनमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले एक चिनियाँ नागरिकलाई ६ किलो सुनसहित पक्राउ गरेको छ ।

सीआईबीले चिनियाँ नागरिकलाई ६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट पक्राउ गरेको हो । कपनमा फ्ल्याट लिएर बसेका शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ गरिएको सीआईबीका एक अधिकृतले जानकारी दिए । उनी यसअघि भएको अनुसन्धानकै फरार सूचीमा थिए । उनको राहदानी भने भेटिएको छैन ।

त्यस्तै चिनियाँ समूहसँगै जोडिएका दुई नेपाली भारतमा पनि पक्राउ परेका छन् । नेपाल ल्याउने चरणमा रहेकाले सीआईबीले उनीहरुको नाम खुलाएको छैन । ती व्यक्ति सीआइबीले यसअघि पक्राउ गरेका दावा छिरिङसहितको समूहसँग सम्बन्धित देखिएका छन् ।

सीआईबीले यसअघि गरेको अनुसन्धानमा ६ चिनियाँसहित ९ विदेशी पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका चिनियाँले भने नेपालमै बसेर आफनो धन्दा चलाइरहेको अनुसन्धानबाट खुलेको छ । उनी ३ वर्षदेखि नेपालमा रहँदै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.