कोशी प्रदेश योजना आयोगका चार सदस्यले लिए शपथ

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेश योजना आयोगका चार सदस्यले लिए शपथ

विराटनगर । कोशी प्रदेशको योजना आयोगमा नियुक्त चार सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका नवनियुक्त सदस्यहरुलाई शपथ गराउनुभएको हो । प्रदेश योजना आयोगको सदस्यमा नियुक्त डा. सीताराम बस्नेत, किशोरकुमार राई, भवानी बराल र नमिता न्यौपानेले शपथ लिनुभएको हो ।

प्रदेश योजना आयोगको उपाध्यक्षमा झापाका डा. राजेन्द्र अधिकारी यसअघि नै नियुक्त भइसक्नुभएको छ । एमाले र माओवादी केन्द्रले दुई-दुई जना सदस्य भागबन्डा गरेर प्रदेश योजना आयोगमा नियुक्त गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.