कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर खाँदबारी-नुम सडक वर्षाले भत्कायो (तस्बिरसहित)

जेष्ठ २९, २०८१ |दीपेन्द्र शाक्य
कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर खाँदबारी-नुम सडक वर्षाले भत्कायो (तस्बिरसहित)

संखुवासभा । कालोपत्र गर्न ठिक्क पारिएको खाँदबारी-नुम सडक मंगलबार बिहानको वर्षाले भत्काएको छ ।

यो खण्डअन्तर्गत ठूलो ढुंगा अरुणथानको ४ किलोमिटर सडकमा गरिएको ग्राभेल वर्षाले बगाएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको सबबेस, ग्याबिन वाल र नाली बगाएको उत्तर दक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले जनाउनुभयो । उहाँका अनुसार कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा वर्षाले क्षति पुर्याएको हो ।

यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्छ । पानीले ठूलो ढुंगा, पांमा, अरुणथानमा सबैभन्दा बढी क्षति पारेको स्थानीय बासिन्दा तथा पूर्वसांसद टंकप्रसाद राईले जानकारी दिनुभयो ।

त्यस्तै वर्षाले मकालु गाउँपालिकाको नुममा पनि पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

हेरौं थप तस्बिर :


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।