महिला हिंसा र सामाजिक कुप्रथाविरुद्ध सचेतना फैलाउन जुम्लाका किशोरीहरु सक्रिय

देउडा, चित्रकलादेखि घरदैलोमार्फत् कुरीति अन्त्य गर्ने अभियानमा
जेष्ठ २६, २०८१ |डीबी बुढा
महिला हिंसा र सामाजिक कुप्रथाविरुद्ध सचेतना फैलाउन जुम्लाका किशोरीहरु सक्रिय

जुम्ला । जुम्लाका किशोरीहरु समाजमा जरा गाडेर बसेको बालविवाह, छाउपडी, बहुविवाह, लैंगिक हिंसाजस्ता समाजका कुरीति रोक्न लागिपरेका छन् । उनीहरु देउडा खेलेर, चित्र बनाउनेदेखि घरदैलोमार्फत सचेतना फैलाइरहेका छन् ।

जम्ला सिंजा गाउँपालिकाका किशोरीहरुले आफनो हक अधिकार र जीवन सुरक्षाका लागि देउडा गीतबाटै सन्देश फैलाइरहँदा अभिभावकहरु भने मख्ख पर्ने गरेका छन् । गीतबाहेक उनीहरु घरदैलोमा सचेतना फैलाएर, चित्र बनाएर र संगठित रुपमा खबरदारी गरेर सामाजिक कुरीति अन्त्य गर्नुपर्ने सन्देश दिँदै सचेतना फैलाइरहेका छन् । सिंजाबाहेक हिमा र कनकासुन्दरी गाउँपालिकाका किशोरीहरु पनि सामाजिक कुप्रथा रोक्ने अभियानमा छन् । गत सातामात्रै किशोरीहरुले विभिन्न चित्रहरु बनाएर सामाजिक कुरीतिको बिम्ब उतारेका थिए ।

चित्रमा बालविवाहको अवस्था, छाउपडी हुँदा खेप्नु परेका पीडादेखि लैंगिक रुपमा हिंसा भइरहँदा महिलाहरुले भोग्नु परेका सास्तीको विषयमा चित्रण गरिएको थियो । अभिभावकको दबाबमा बालविवाह हुने, धामीझााक्रीको दबाबमा छाउपडी प्रथा रहिरहनेदेखि घरेलुहिंसाका घटना भइरहेका हुन्थे । तर पछिल्लो समय किशोरीहरु जागरुक हुन थालेपछि समाज बदलिादै जान थालेको छ । हिजो पुर्खाहरुले के-के गरेका थिए भनेर उनीहरुले अभिभावकहरुसँग बसेर अध्ययन गर्न थालेका छन् । अनि चित्र बनाएर विगतको समीक्षा र भविष्यको योजना बनाउन थालेका छन् ।

किशोरीहरुले सचेतनाका माध्यमबाट समाज बदल्ने प्रयास गरिरहेका छन्, जसले युवा तथा महिलाहरुलाई पनि जागरुक बनाएको छ । दुर्गमका किशोरीहरु यसरी समाज बदल्ने अभियानमा लागिरहादा सरकार भने बालविवाह, छाउपडीजस्ता सामाजिक कुरीति अन्त्य गर्ने बिषयमा जिम्मेवार देखिएको छैन । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।