उफ्, गर्मी !

धनगढी र नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो
अत्यासलाग्दो गर्मीले तराई-मधेशमा दैनिक मजदुरी गर्नेहरु बढी प्रभावित
जेष्ठ १७, २०८१ |जिल्ला ब्युरो
उफ्, गर्मी !

काठमाडौं । तराईका केही सहरमा बिहीबार यस वर्षकै बढी तापक्रम मापन गरिएको छ ।

धनगढी र नेपालगन्जको तापक्रम ४४.१ डिग्री सेल्सियस पुग्दा तराईका अधिकांश जिल्लाको अधिकतम तापक्रम ४० डिग्रीमाथि छ ।

अत्यासलाग्दो गर्मीले मध्याह्‍नपछि घरबाहिर निस्कनै नसक्ने अवस्था छ । यसले खासगरी दैनिक ज्यालामजदुरी गरी खाने वर्गलाई कठिन भएको छ । तराई र भित्री मधेशमा मात्रै नभई गर्मीले काठमाडौं उपत्यकालगायत पहाडी जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ ।

असैह्य गर्मीका बीच सर्वसाधारणको दैनिकी कसरी चलिहरेको छ त ? कान्तिपुर टेलिभिजनका सहकर्मीहरूले तयार पारेको यो रिपोर्ट ।

विस्तृत भिडियोमा :