सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै नेविसंघको प्रदर्शन

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी ठगी प्रकारणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । आज नेविसंघले विभिन्न प्ले कार्ड बोकेर गृहमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहकारी ठगीलगायतका विषयमा प्रश्न गरेका छन् ।

गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको र झापाको गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप पनि नेविसंघका कार्यकर्ताहरूले लगाएका छन् ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.