पाँच प्रदेशका पहाडी स्थानमा वर्षा र दुई प्रदेशमा हावाहुरीको सम्भावना

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाँच प्रदेशका पहाडी स्थानमा वर्षा र दुई प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशमा यतिबेला आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । 

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेशको तराई भू-भागका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । 

मधेस र कोशी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.