पाल्पामा हावाहुरीले रुख ढल्दा स्कुटर च्यापियो, एक जनाको मृत्यु, ३ घाइते

चैत्र १७, २०८० |माधव अर्याल
पाल्पामा हावाहुरीले रुख ढल्दा स्कुटर च्यापियो, एक जनाको मृत्यु, ३ घाइते

पाल्पा । पाल्पामा शनिबार अपराह्न चलेको हावाहुरीले रुख ढल्दा सडकमा गुडिरहेको स्कुटरमा चढेका एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा अन्य तीनजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा-डुम्रे सडक जरेपिपलनजिकै उत्तिस र सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक पाल्पाको तानसेन नगरपालिका ५, कैलाशनगरका २० वर्षीय भुवन सिँजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु.८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग.१०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको यात्रु देवेन्द्र पौडेलले जानकारी दिए । स्कुटर र मोटरसाइकलमा चढेका अन्य तीनजना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो पनि...

हावाहुरीले विद्यालयको छाना उडायो


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।