मिटरब्याजपीडित काठमाडौं आएको पाँच दिनपछि सरकारले थाल्यो वार्ता

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
मिटरब्याजपीडित काठमाडौं आएको पाँच दिनपछि सरकारले थाल्यो वार्ता

काठमाडौं । सरकार र मिटरब्याजीपीडितबीच वार्ता भइरहेको छ । गृह मन्त्रालयमा जारी वार्तामा दुवै पक्षबाट पाँच-पाँच जना प्रतिनिधि सहभागी छन् ।

गृह मन्त्रालयले आज मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर  वार्तामा बोलाएको हो । त्यसअघि आजै अध्यक्ष अवधेश कुशवाहालाई पत्र लेखेपछि संघर्ष समितिले व्यक्तिगत बोलाएको भन्दै असन्तुष्टि जनाएको थियो । 

त्यसपछि सरकारले पुन समितिका नाममा पत्र पठाएको हो । गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।  गृहले पत्रमा मिटरब्याजसँग सम्बन्धित समस्या समाधान लागि कानुन संशोधन, अधिकार सम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुनबमोजिम मुद्दा दर्ता गर्नेलगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख गरेको छ । 

अधिकार सम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग राख्दै २३ दिन लगाएर काठमाडौं आइपुगेका मिटरब्याजपीडितले ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.