गृह मन्त्रालयले भन्यो- फागुन १ गते सार्वजनिक बिदा छैन

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
गृह मन्त्रालयले भन्यो- फागुन १ गते सार्वजनिक बिदा छैन

काठमाडौं । गृह मन्त्रालले फागुन १ गते सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै फागुन १ गते दिन बिदा नभएको जनाएको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलि (फागुन १ गते) को बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

गत वर्ष फागुन १ जनयुद्ध दिवसका अवसरमा बिदा दिइएकामा खारेजीको माग गर्दै रिट दायर भएपछि सर्वोच्चले उक्त बिदा बदर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.