९ जना नोबेल पुरस्कार विजेता लुम्बिनी आउँदै

बालबालिका र लुम्बिनीको विकासमा विश्व समुदायको ध्यान तान्ने विश्वास
माघ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
९ जना नोबेल पुरस्कार विजेता लुम्बिनी आउँदै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आयोजनामा फागुन २७ देखि २९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन ९ जना नोबेल पुरस्कार विजेता लुम्बिनी आउने भएका छन् । लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनमा सहभागी हुन उनीहरू आउने भएका हुन् ।

सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका २ सयभन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको जनाइएको छ । अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीसहित ७ जना रहेका छन् । 

सम्मेलनले बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिनुका साथै लुम्बिनीको विकासका लागि विश्वजगतको ध्यानाकर्षण वृद्धि गर्ने विश्वास लुम्बिनी सरकारको रहेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर लेस्टेका पूर्वराष्ट्रपति जोजे रामोस ओर्टा, जोडी विलियम्स, २०११ का संयुक्त विजेता लेह्म बोबी र टुवाको कर्म्यान छन् । 

साथै सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता अब्देससतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस का साथै रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल सम्मेलनमा सहभागी हुन लुम्बिनी आउने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement