बनेपा ९ का वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ

माघ ४, २०८० |कान्तिपुर टीभी संवाददाता
बनेपा ९ का वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ

काभ्रे । काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ गरेको हो ।

घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलर, हुन्डाई आईटेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.