रुसी सेनामा भर्ती भएका कैलालीका भरत शाहको मृत्यु

पुस १, २०८० |कान्तिपुर टीभी संवाददाता
रुसी सेनामा भर्ती भएका कैलालीका भरत शाहको मृत्यु

धनगढी । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर- १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।

मृत्युको खबर पाएपछि उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आज कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् । 

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रूपमा जानकारी दिइसकेका छैनन् । मृतक शाहका भाइ  मंगल शाहले उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएको बताए ।

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी सुरक्षा गार्डको काम गर्थे । तर  तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.