खोटाङको हलेसीमा बालाचतुर्दशी मेला, तीन पालिकामा सार्वजनिक बिदा

मंसिर २५, २०८० |उत्तम चौलागाईं
खोटाङको हलेसीमा बालाचतुर्दशी मेला, तीन पालिकामा सार्वजनिक बिदा

खोटाङ । बालाचतुर्दशीको अवसरमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । पितृको सम्झनामा हलेसी मन्दिरमा शतबीज छर्नेको घुइँचो लागेको हो ।

अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गर्दै जाग्राम बसेर दर्शनार्थीले आज बिहानै दिवङ्गत पितृको सम्झनामा शतबीज छरेका हुन् ।

हलेसीमा नेपालबाहेक, सिक्किम, दार्जिलिङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु आएका छन् ।

शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै हलेसीमा बिराजमान शिव, पार्वती, बसाह गुफामा ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन छ ।

मेलालाई लक्षित गर्दै आज हलेसी तुवाचुङ नगरपालिकाका साथै रावाबेंसी र खोटेहाङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।