काठमाडौं । जाजरकोट भूकम्पमा घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २३ वर्षीय निरोज विष्टको उपचारका क्रममा सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । यससँगै रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
भूकम्पपछि उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएका ४५ जनामध्ये २४ जना डिस्चार्ज भएका छन् । अन्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै जाजरकोट भूकम्पमा ज्यान गुमाउने १५४ पुगेको छ । राहतको उचित प्रबन्ध नहुँदा चिसोका कारण बालबालिका, वृद्ध र सुत्केरी बिरामी पर्न लागेका छन् ।
त्रिपालको चारैतिर हावा छिर्ने, गतिलो ओढ्ने ओछ्याउने नभएको र रातको समयमा परेको शीत त्रिपालबाट चुहिएर कपडा भिज्नेजस्ता समस्याले उनीहरु बिरामी पर्न थालेका हुन् । उनीहरुले सहज स्वास्थ्य सेवासमेत पाउन सकेका छैनन् । बिरामीले स्वास्थ्यकर्मीको टोली पठाइदिन सरकारसँग आग्रह गरेका छन् ।