चीनले उपलब्ध गराएको राहत सामग्री लिएर पोखरा आइपुगे दुई जहाज

कार्तिक २२, २०८० |इन्द्र पौडेल
चीनले उपलब्ध गराएको राहत सामग्री लिएर पोखरा आइपुगे दुई जहाज

कास्की । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर आएका दुईवटा जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

चिनियाँ विशेष जहाजमार्फत ल्याइएको राहत सामग्री चिनियाँ राजदूत छन् सोङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

एक लाख ७९ हजार किलो राहत सामग्री चीनले नेपालका भूकम्प पीडितका लागि सहयोग गरेको हो ।

चीनको छेन्दुबाट आएका विमान पोखरा विमानस्थलमा राहत झारेपछि त्यहीँबाट चीन फर्कने छन् । सामग्री नेपाली सेनाको स्काइ ट्रकबाट रुकुम पश्चिम र जाजरकोट लगिने छ । 


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement