भोजपुरमा बलात्कारपछि सात वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक पक्राउ

कार्तिक ४, २०८० |कान्तिपुर टीभी संवाददाता
भोजपुरमा बलात्कारपछि सात वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक पक्राउ

भोजपुर । भोजपुरमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

शनिबार बिहान आमचोक गाउँपालिका-६ टेङलुङछुकको जंगलको गुफामा सात वर्षीया नाबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए ।

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरेको छ ।

नाबालिका बिहीबार साँझदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी खेलिरहेको छोरी हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय बयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट २५ जनाको टोलीली खोज तलासी गरेको थियो ।

अनुसन्धानमा अन्तिमपटक ती बालिका र उनको छिमेकी दीपचन्द्रको भेट भएको खुलेपछि उनीमाथि अनसन्धान गरिएको थियो ।

डीएसपी पाठक भन्छन्, ‘शरीरमा घाउहरू देख्यौं । त्यसपछि कसरी भयो भनेर सोध्दा घाँस काट्न जाँदा भएको भन्ने जवाफ आएपछि थप केरकार गरे पछि उनले घटना घटाएको स्वीकारे ।’

दीपचन्द्रले भनेको स्थानमै प्रहरीले ती बालिकाको शव भेटाएको छ । शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा ती बालिको शव फेला परेको थियो ।

बालिकको शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.