काठमाडौं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । ४७ वर्षीया दनुवार आज बिहान गोकर्णेश्वरस्थित निवासमा अचेत अवस्थामा घरमा फेला परेपछि उनलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दनुवार मानव बेचविखन विरुद्धकी अभियन्ता थिइन्। उनी सुनिता फाउन्डेशनकी संस्थापक समेत थिइन् ।
उनलाई अमेरिकी विदेश मन्त्रालयले ‘टिप (ट्राफिकिङ इन पर्सन) हिरो’ का रूपमा सन् २०१८ मा सम्मान पनि गरेको थियो ।