क्याम्पसको भवन उद्घाटन गर्न हेलिकोप्टर चढेर धादिङ पुगे प्रधानमन्त्री दाहाल

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
क्याम्पसको भवन उद्घाटन गर्न हेलिकोप्टर चढेर धादिङ पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । छ महिनाअघि सरकारको नेतृत्व सम्हालेपछि कर्मचारीहरूलाई मितव्ययी बन्न निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल आफूभने सामान्य कार्यक्रम उद्घाटन र शिलन्यास गर्नमै समय खर्च गरिरहेका छन् ।

आजै मात्र संघीय राजधानी काठमाडौंसँग जोडिएको धादिङको गजुरीमा भारत सरकारको सहयोगमा निर्मित क्याम्पसको भवन उद्घाटन गर्न उनी हेलीकप्टर चढेर त्यहाँ पुगे । भवन उद्घाटन गर्दै प्रधानमन्त्री दहालले यस्ता कार्यक्रममा समय नखर्चिन सुझाव आएको भएपनि क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र पाण्डेको वचन हार्न नसकेको भन्दै आफ्नो बचाउ गरे ।

सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले पाँच वर्षसम्म कांग्रेस, माओवादीलगायतका दलको गठबन्धन सरकार नै कायम हुने दाबीसमेत गरे । सरकार परिवर्तन हल्ला गलत रहेको भन्दै उनले गठबन्धन दलबीचको सम्बन्धमा कुनै तलमाथि नभएको बताए ।

उनले आफ्नो भारत भ्रमण ऐतिहासिक र सफल भएको दाबी गर्दै राम्रो भएको नरुचाउने प्रवृत्ति भएकाहरुले भ्रमणबारे गलत हल्ला फिाजाएको उल्लेख गरे ।

सम्बन्धित समाचार...

भाषणमै भुले प्रधानमन्त्री

यसपालि भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement