विद्यालय बन्द गरेर आन्दोलन गर्ने कर्मचारीलाई कारबाही गर्ने मेयर बालेन्द्रको चेतावनी

असार २, २०८० |कान्तिपुर टीभी संवाददाता
विद्यालय बन्द गरेर आन्दोलन गर्ने कर्मचारीलाई कारबाही गर्ने मेयर बालेन्द्रको चेतावनी

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आफ्ना माग पूरा गराउन विद्यालय बन्दको घोषणा गरेपछि काठमाडौं महानगरले त्यसो गरिए फौजदारी मुद्दा चलाउने सम्मका कारबाही गरिने चेतावनी दिएको छ ।

नेपाल विद्यालय कर्माचारी परिषद्ले सरकारले तोके अनुसार न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग गर्दै भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए । तर महानगर प्रमुख बालेन्द्र शाहले उक्त कार्य विद्यालय शान्ति क्षेत्र घोषणाको अवधारणाविपरीत हुने स्मरण गराउँदै नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रमुख शाहले सामाजिक सञ्जालमार्फत् नियमित कक्षा सञ्चालनमा वाधा पुर्‍याउने शिक्षक, कर्मचारीलाई महानगरपालिका शिक्षा ऐन अनुसार पदबाट हटाइने चेतावनीसमेत दिएका छन् । उनले विद्यालय व्यवस्थापन समिति नै विघटन गर्ने र कुनै संस्थाले बल प्रयोग गरी विद्यालय बन्द गराए नेपाल प्रहरीसँग समन्वय गरी फौजदारी मुद्दासमेत लगाइने बताएका छन् ।

यसैबीच, आन्दोलतरत विद्यालयका कर्मचारीसँग वार्ता गर्न शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । वार्ता समितिले आन्दोलन स्थगित गरी वार्ता आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्...

काठमाडौंमा चल्यो आदिपुरुष, बालेन्द्रको चेतावनीबारे के भने भारतीय मिडियाले ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement