कार्कीले प्रस्तुत गरे सुनुवाइ समितिमा कार्ययोजना (पूर्णपाठ)

जेष्ठ ३२, २०८० |कान्तिपुर टीभी संवाददाता
कार्कीले प्रस्तुत गरे सुनुवाइ समितिमा कार्ययोजना (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा कार्कीले प्रस्तुत गरेको कार्ययोजनामा अहिले आफूहरु २०६२ देखि २०६९ सम्मका मुद्दा निमिट्यान्न पार्न लागिपरेको उल्लेख गरेका छन् ।

‘न्यायाधीश अभावको कारण सर्वोच्चको पाँच वर्ष पुरानो, जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ । हाम्रो लक्ष्य २०८० असार मसान्तसम्म नील गर्ने थियो,’ उनले भने, ‘अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ । अहिले २०६२ देखि ०६९ सम्मको मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ ।’

आफू सर्वोच्च अदालतमा आएपछि दुई वर्ष पुराना ५ हजार ९५८ वटा मुद्दा फैसला भएको र पाँच वर्ष नाघेका दुई हजार ७७६ मुद्दा फैसला भएको उनले जनाए ।

सर्वोच्चमा २१ मध्ये हाल १६ न्यायाधीश रहेको प्रति न्यायाधीश एक हजार २९७ मुद्दा फैसला भएको उनले जानकारी गराए ।

आजको बैठकमा कार्कीले कार्ययोजना प्रस्तुत गरेपछि स्थगित भएको छ । बैठक भोलि बिहान ८ बजेका लागि बोलाइएको छ । कार्कीमाथिको बाँकी सुनुवाइ भोलि फेरि हुनेछ । भोलि उनीमाथि उजुरीकर्ताले उठाएको प्रश्नको जवाफसहित कार्कीको सुनुवाइ हुनेछ । 

पूर्णपाठ :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित