शरणार्थी प्रकरण : अभियुक्ततर्फका कानुन व्यवसायीले आजदेखि बहस गर्ने

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
शरणार्थी प्रकरण : अभियुक्ततर्फका कानुन व्यवसायीले आजदेखि बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्ततर्फका कानुन व्यवसायीले आजदेखि बहस गर्ने भएका छन् ।

सरकारी वकिल र जाहेरवालाको तर्फबाट हिजो (मंगलबार) बहस सकिएपछि आजदेखि अभियुक्त पक्षका वकिलहरुले बहस गर्ने भएका हुन् ।

यस मुद्दामा गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसमेतले नाम टिपाएका छन् ।

अभियुक्तहरुको बयान लिइएको क्रमका आधारमा बहस हुने भएको छ । आजदेखि सुरु हुने बहसमा सबैभन्दा पहिला केशव दुलालका कानुन व्यवसायीले बहस गर्नेछन् ।

न्यायाधीश न्यौपानेले बहसका लागि आगामी मंगलबारसम्मको समय तोकेका छन् । त्यसपछि सरकारी वकिलको तर्फबाट जवाफी बसह हुनेछ । बहस सकिएपछि अदालतले थुनछेक आदेश दिनेछ । अदालतले थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत १८ जना पक्राउ परेका छन् । यस प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

यो पनि...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा पठाउन के के आधार प्रस्तुत गरे सरकारी वकिलले ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.