भक्तपुरका बलराम पाण्डेको शव सप्तरीमा भेटियो

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
भक्तपुरका बलराम पाण्डेको शव सप्तरीमा भेटियो
प्रतीकात्मक तस्बिर

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४, गंगापुरमा आज (शुक्रबार) बिहान एकजनाको शव फेला परेको छ ।

उक्त शव भक्तपुरको सुडाल ५ का ४७ वर्षीय बलराम पाण्डेको भएको सप्तरी प्रहरीले जनाएको छ । गंगापुर टोलदेखि पश्चिमतर्फको खेतमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उक्त शवको मुचुल्का तयारी गरी घटनास्थलबाट पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको छ । प्रहरीका अनुसार आवश्यक अनुसन्धान सुरु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement