भोटो जात्राका अवसरमा भोलि सार्वजनिक बिदा

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
भोटो जात्राका अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोलि (बिहीबार) भोटो देखाउने जात्रा मनाइँदै छ ।

भोलि जावलाखेलमा गुठी संस्थान ललितपुरका प्रमुखले मच्छिन्द्रनाथको भोटो देखाउने चलन भए पनि यसपालि लेखापाल पवन आचार्यले भोटो देखाउनेछन् । भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने चलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक राष्ट्रप्रमुखका रुपमा जात्रामा सहभागी हुनेछन् । जात्राको अवसरमा सरकारले भोलि काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.