काठमाडौंको सुकुम्बासी बस्ती हटाइने, स्थानीय तहको एकीकृत संरचना बनाइने

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंको सुकुम्बासी बस्ती हटाइने, स्थानीय तहको एकीकृत संरचना बनाइने

काठमाडौं । सरकारले वाग्मती लगायत उपत्यकाका नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन एवं सुकुम्बासीहरुलाई हटाएर नदी किनारा खाली गराउने नीति अगाडि सारेको छ ।

काठमाडौंका भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी नदी किनार खाली गराइने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी काठमाडौं महानगरलगायत उपत्यकासँग जोडिएका स्थानीय तहको एकीकृत संयन्त्र निर्माण गरी विकासका काम समन्वयात्मक रुपमा सञ्चालन गरिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

मेलम्ची खानेपानीलाई बार्है महिना सञ्चालन गरी दोस्रो चरणको आयोजना अगाडि बढाइने सरकारले बताएको छ ।

शहरमा फोहोर मैलाको दिगो व्यवस्थापन गर्ने बताइएको छ । यसका लागि स्थानीय तहमा फोहोरमैलाको बहुउपयोगिता सम्बन्धी प्राविधिक सहयोग दिने सरकारले नीति अगाडि सारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.