रविका समर्थक र अन्य दलका कार्यकर्ताबीच घम्साघम्सी, नयाँ किरण माविको मतदान स्थगित

वैशाख १०, २०८० |कान्तिपुर टीभी संवाददाता
रविका समर्थक र अन्य दलका कार्यकर्ताबीच घम्साघम्सी, नयाँ किरण माविको मतदान स्थगित

चितवन । चितवन-२ को एक मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र अन्य दलका समर्थकबीच हुलहुज्जत हुँदा भरतपुर-११ स्थित नयाँ किरण कमलकुसुम माविको मतदान स्थगित भएको हो।

लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। रविको समर्थनमा नाराबाजी भएसँगै अन्य दलका कार्यकर्ता त्यसको प्रतिकारमा उत्रिएका थिए । त्यसक्रममा दुई समूहबीच घम्साघम्सी भएको हो । घटनालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले सामान्य बलसमेत प्रयोग गर्नु परेको थियो ।

उक्त घटनाको क्रममा रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको छ । उनले भिडियो खिचिरहेको अवस्थामा एक व्यक्तिले मोबाइल खोसेर फालिदिएका हुन् ।

रविका समर्थक र अन्य दलका कार्यकर्ताबीच झडपको स्थिति बनेपछि उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । साथै मतदान केन्द्र आसपासमा भिडभाड हुन दिइएको छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement