काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थीहरूलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘आजदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यको कामना गर्दछु ।’
उनले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन परीक्षासँग सम्बन्धित सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न पनि अपिल गरेका छन् ।
समबन्धित समाचार...
हुम्लाका ६ परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ विद्यार्थी एसईईमा सहभागी
यस्ता छन् एसईई परीक्षार्थीलाई एसएलसी टपरका सुझाव !
एसईईका लागि २०३७ केन्द्र तोकिए, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै