गोधूलि साँझमा मनमोहक काठमाडौं (फोटो फिचर)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
गोधूलि साँझमा मनमोहक काठमाडौं (फोटो फिचर)

काठमाडौं । भिडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक सहरियाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ ।

साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधूलि साँझको भरपूर मज्जा टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेसा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ ।

यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुंगीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक ।

हिजोआज सूर्यास्तसँगै राजधानीका गोधूलि साँझ रंगीन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधूलि उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ । हेरौं न्युज एजेन्सी नेपालले खिचेका तस्बिर :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.