काठमाडौं । हत्या अभियोगमा जेल सजाय कटाई रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतलेसमेत आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ गर्दै बुधबार नै थुनामुक्त गर्न आदेश दिएका थिए । सर्वोच्च अदालतको उक्त आदेशअनुसार काठमाडौं जिल्ला अदालतले पनि शोभराजलाई रिहा गर्न केन्द्रीय कारागार सुन्धारालाई आदेश दिएको हो ।
अदालतको सोही आदेशअनुसार शोभराजलाई जेल मुक्त गरी अध्यागमन विभागलाई जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ ।