संविधानका निर्माताबीच नै उल्लंघनको होडवाजी

आश्विन ६, २०७९
संविधानका निर्माताबीच नै उल्लंघनको होडवाजी

अहिले संविधानको संरक्षण गर्ने मुख्य व्यक्ति राष्ट्रपति विद्यादेवी भण्डारी संविधानकी निर्माता मध्येकी एक हुन् । उनैले संविधानको ठाडो उल्लंघन गरिन् । यो पछिल्लो हस्तक्षेप हो । २०७२ सालमा जारी नयाँ संविधान अनुसार मुलुक अगाडि बढ्दा  अस्थीरताको अन्त्य हुने अपेक्षा थियो । तर यो सात वर्षमा संविधानको बारम्बार उल्लंघन भयो । राष्ट्रपति भण्डारीले संविधान मिच्नुअघि तत्कालिन प्रधामन्त्री केपी शर्मा ओलीले दुर्इ दुर्इ पटक गैरकानुनी रुपमा प्रतिनिधि सभाको विघटनको प्रयास गरे । दल विभाजनसम्वन्धी अध्यादेश ल्याए । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरे । जुन विषय अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।  त्यसो त अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि दल विभाजनलार्इ सहज हुने गरी संविधानकै मर्म विपरित अध्यादेश जारी गरेर नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा विभाजन गराए । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानप्रति आफ्नो असहमति रहेको बारम्बार भन्ने गरेका छन् । निर्वाचनपछि संविधान संशोधन गराउन  सडक आन्दोलन गर्ने भनेका छन् । मधेश केन्द्रीत दलहरुले त शुरुबाटै संविधानमा असहमति जनाइरहेका छन । आखिर अगुवाबाटै किन अतिक्रमण भैरहेको छ त संविधानमाथि ?

संविधानको सीमा नाघ्ने काम बारम्बार ढोगेर जारी गरेका पहिलो राष्ट्रपति रामवरण यादवले समेत गरेका थिए । तत्कालिन माओवादी नेतृत्वको सरकारको निर्णय कार्यान्वयन नगरेर। कानुनका जानकार भने दलहरुका गतिविधिले नै संविधान कमजोर बन्दै जाने दावी गर्छन । 

संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट होस् वा व्यवस्थापिकाको नेतृत्वकर्ता सभामुखमाथि पनि संविधानलाई पालना नगरेको आरोप लाग्ने गरेको छ । निर्माता र हर्ताकर्ताले सत्ता र शक्तिको पहुँचका भरमा संविधानलाई जोखिममा पार्दा जनताले प्रश्न को सँग गर्ने ?  

Enter Kantipur TV HD
Advertisement