कञ्चनपुर सदरमुकाम महेन्द्रनगरलाई स्मार्ट सिटि बनाउने अवधारणा अनुरुप एक अर्व रुपैयाँको लागतमा आधुनिक सडक र ढल निर्माणको काम थालेको दुई बर्ष बितिसकेको छ । सम्झौता अनुसार निर्माण कम्पनीले समयमा काम नगर्दा नयाँ बन्ने ढल र सडक निर्माण लथालिंङ्ग छ । जसका कारण पानीको निकास रोकिदा बजार क्षेत्र डुबानमा पर्न थालेको छ ।
यो दृश्य कुनै पोखरी वा तालको हैन । महेन्द्रनगरस्थित ठेला ब्यवसायीले लगाउने अस्थायी बजारको हो । ढल निर्माणको काम अधुरो भएपछि पानीको निकास थुनिदा अहिले यो बजार डुबानमा परेको हो । जसका कारण यहााका साना व्यवसायी समस्यामा परेका छन् ।
यहाा मात्र हैन बजार क्षेत्रका अन्य ठाउामा पनि बषर्ात सुरु भएसंगै अधुरा सडक र ढल निर्माणले पानी पसलभित्रै पस्ने गरेको छ । बजारका अधिकांस क्षेत्रमा पुराना ढल र सडक संरचना भत्काइएका कारण पानीको निकास धेरै ठाउामा थुनिएको छ । भिमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा पर्ने बजार क्षेत्रमा २२ किलो मिटर ढल र १४ किलो मिटर सडक निर्माणको समयवधि सकिदा समेत काम पुरा भएको छैन ।
एशियाली बिकास बैंकको करिब एक अर्ब रुपैयााको आर्थिक सहयोगमा महेन्द्रनगरमा ब्यवस्थित ढल निकास र फराकिलो सडक निर्माण गरिदैछ । दुई बर्ष भित्र निर्माण सक्ने गरी सन् २०२० मा सम्झौता गरेको जेआईसी लामा जेभि निर्माण कम्पनीले निर्माण अवधिको अन्त्यतिर आएर बल्ल काम थाल्यो । यसरी निर्माण कम्पनीको ढिला सुस्ती र लापरवाहिका कारण नगरबासीले सामान्य झरीमा समेत सास्ती खेप्नु परेको छ ।