जुट खेतीका लागि २१ वर्षपछि नयाँ जातको विउ वितरण

श्रावण २१, २०७९
जुट खेतीका लागि २१ वर्षपछि नयाँ जातको विउ वितरण

जुट खेतीप्रति किसानको आकर्षण घट्दै गएपछि इटहरीको जुटबाली अनुसन्धान कार्यालयले जुटको नयाँ जातको बिउ विकास गरेको छ । कार्यालयले मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहाका किसानका लागि नयाँ जातको बीउ वितरणसमेत गरेको छ । २० वर्षअघिकै बीउ लगाउन बाध्य हुँदै आएका किसान नयाँ जातको विउ पाएपछि उत्साहित भएका छन् ।

जुटबाली अनुसन्धान कार्यालयले २१ वर्षपछि जुटको नयाा जात विकास गरेको हो । जुटबालीसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रविधिको विकास गर्दै आएको कार्यालयले इटहरी-४ नामको नयाँ जातको बिउ उत्पादन गरेको हो । योसागै किसान २० वर्ष पुरानो बीउ लगाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

सरकारले जुट खेती गर्ने किसानका लागि दिँदै आएको सहुलियत बन्द गरेपछि यसको खेती खुम्चिादै आएको थियो । जुट खेतीमा आकर्षण कायमै राख्न नयाा जातको बीउ विकास मात्र गरिएको छैन, थप दुई वटा जातको बीउ सिफारिस गर्ने तयारीसमेत छ । जुटबाली अनुसन्धान कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष जुटको नयाँ जात आउनुपर्ने भए पनि २०५८ सालपछि रोकिएको थियो । कार्यालयले ढिलै भए पनि जुटको नयाँ जातको बिउ उत्पादन गर्दा किसान लाभान्वित भएका छन् ।

कार्यालयले विभिन्न जातका बिउका साथै जुट प्रशोधनका क्रममा किसानले झेल्नुपर्ने झन्झट अन्त्य गर्ने प्रविधि पनि भित्र्याएको छ । नयाा बीउ र प्रबिधिले पूर्वी तराईको प्रमुख नगदेबाली जुट खेती विस्तार हुने र नेपालका उद्योगलाई चाहिने ९० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।