मतदाताहरु अन्तिम मतपरिणामको पर्खाइमा

वैशाख ३१, २०७९
मतदाताहरु अन्तिम मतपरिणामको पर्खाइमा

मटपेटिकाभित्र थुनिएको उम्मेदवारहरुको भाग्य र मतदाताको भविष्य धमाधम खुल्न थालेको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेसँगै मतदाताहरु निकै उत्सुकताका साथ मतगणनाको अपडेट पर्खिरहेछन् । आफुले मत हालेको क्षेत्रका उम्मेद्वार र दलको अवस्थामात्र होइन, मुख्य महानगरहरुका मतपरिणामका लागि पनि सर्वसाधारण उत्तिक्कै जिज्ञासु छन् ।