काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनायो ।
यो सँगै अब जनकपुरले जितका लागि १८५ रन बनाउनु पर्नेछ ।
सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ४३ बलमा ६९ रन बनाए । उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरे । विनोद भण्डारीले ३१ बलमा ४१ रनको पारी खेले । यस्तै, ब्रान्डन मक्मुलन र हरमित सिंहले समान १४ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । ललित राजवंशी र जिम्मी नीशमले एक-एक विकेट लिए ।