विमान निर्माणमा अग्रणी कम्पनी ‘बोइङ’ले किन गर्यो‍ १७ हजार कर्मचारी कटौती ?

आश्विन २८, २०८१ |प्रभात सिंह
विमान निर्माणमा अग्रणी कम्पनी ‘बोइङ’ले किन गर्यो‍ १७ हजार कर्मचारी कटौती ?

काठमाडौं । विमान निर्माणमा अग्रणी कम्पनी ‘बोइङ’ले आफ्ना विश्वभर रहेका कार्यालय र उत्पादन केन्द्रका कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । विश्वभर विमान यात्रुको संख्या बढ्दै जाँदा विमान कम्पनीको नाफा पनि बढ्दै जानुपर्ने हो । अनि कार्यालय र कर्मचारी बढाउनुपर्ने हो । तर, ‘बोइङ’ले किन कर्मचारी कटौतीको निर्णय गर्यो‍ त ? 

उड्डयनतर्फको दिग्गज कम्पनी ‘बोइङ’ले आफ्नो कर्मचारीको संख्या १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । कम्पनीको उक्त निर्णयले करिब १७ हजार कर्मचारीको रोजगारी खोसिने भएको छ । कर्मचारीका लागि अप्रत्याशित मानिएको यो घटना एकाएक उत्पन्न भएको भने होइन् ।

कम्पनीका करिब ३३ हजार कर्मचारी एक महिनादेखि हड्तालमा छन । कर्मचारी संगठन इन्टरनेसनल एसोसिएसन अफ मेसिनिस्ट र एरोस्पेस वर्कर्सले ४० प्रतिशत तलब वृद्धि गर्न बोइङलाई दबाब दिएका थिए । कम्पनीले ३० प्रतिशतसम्म समायोजन गर्न सकिने भन्दा पनि संगठनले उक्त प्रस्ताव अस्वीकार ग¥यो । त्यसले कम्पनी र कर्मचारीबीचको द्वन्द्व झन बढायो । बोइङले युनियनहरूसँग वार्ता गरिरहेको बताए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

हड्तालका कारण बोइङले आफ्नो ७७७ एक्स जेटको डेलिभरी एक वर्षका लागि स्थगित गर्नुपरेको छ भने ७३७ म्याक्स, ७७७ र ७६७ जेटको उत्पादन पनि ठप्प गर्नुपरेको छ । सियाटलमा भएको कर्मचारी हडतालका कारण तेस्रो त्रैमासिकमा ठूलो घाटा बेहोरेपछि कम्पनी रोजगारी कटौतीको निर्णयमा पुगेको हो ।

आर्थिक संकटबाट गुज्रिरहेको, हडतालका कारण प्रत्येक महिना करिब १ अर्ब डलरको नोक्सान भोगिरहेकाले त्यसलाई सच्याउन कार्यबलस्तर समायोजन गर्नुपर्ने कम्पनीले औँल्याएको छ । कटौती हुने १७ हजारमा विभिन्न तहका कर्मचारीसमावेश गरिएको छ ।

कम्पनीका सिइओ केली ओर्टबर्गले व्यवसायले अहिलेको समयमा चुनौतीहरूको सामना गरेका कारण आफूहरुले महत्वपूर्ण रणनीतिक निर्णय लिएको बताउनुभएको छ । उहाँले अहिले आएको अर्डर पूरा गरेपछि बोइङले २०२७ मा व्यावसायिक ७६७ मालवाहक विमानको उत्पादन पनि बन्द गर्ने स्पष्ट पार्नुभएको छ । कम्पनीले कर्मचारी कटौतीको घोषणा गरेपछि बोइङको सेयर मूल्य १.७ प्रतिशतले घटेको छ ।

उता भविष्यमा कम्पनीलाई पुनस्र्थापित गर्न आवश्यक कामहरु पनि सँगसँगै भइरहेको बताइएको छ । दीर्घकालीन रूपमा प्रतिस्पर्धी रहन आपूmहरु कर्मचारी कटौती गरेर अघि बढ्ने कम्पनीको भनाई छ ।

कर्मचारीको माग पूरा गर्दै अगाडि बढ्नुपर्नेमा मेसिनिस्ट युनियन विरुद्ध ‘अनुचित श्रम अभ्यास’ गरेको आरोप लगाउँदै कम्पनीले उजुरी पनि दायर गरेको छ । यसले विवाद सल्टिने भन्दा पनि झन् बिग्रने देखिएको छ ।

लामो समयदेखि कार्यरत कर्मचारी हटाएर कम्पनीलाई कति सहज होला त ? यो प्रश्न अहम् बनेको छ । 

कर्मचारीलाई मिलाएर लगे मात्र कुनै पनि कम्पनीको विकास हुने र त्यसले अन्ततः कामदारको समेत वित्त विकास हुने मान्यताविपरीत दिग्गज मानिएको कम्पनीको उक्त निर्णयले कर्मचारीलाई निराश बनाएको छ । विश्वव्यापी बजारमा टिक्न र प्रतिस्पर्धामा रहिरहन कम्पनीलाई कर्मचारी अपरिहार्य छन् । कर्मचारी कटौतीको यो निर्णयले बोइङलाई आगामी दिनमा चूनौती थपिने टिप्पणी भइरहेको छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।