काठमाडौं । भारतको चेन्नई नजिकै एक यात्रुवाहक रेल रोकिराखिएको मालवाहक रेलसँग ठोक्किन पुग्दा १९ जना घाइते भएका छन् ।
मसुरी दरभंगा एक्प्रेस रेलका १३ वटा डिब्बा लिकबाट बाहिर खसेका थिए भने एउटा डिब्बामा पनि आगो लागेको बताइएको छ ।
दुर्घटनापछि रेलको रुट पुनर्निर्माणको काम तीब्र गतिमा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मैसूरबाट दरभंगातर्फ गइरहेको रेल मुख्य लाइनबाट जानुपर्नेमा लुप लाइनबाठ गएका कारण दुर्घटना भएको रेलवे अधिकारीले बताएका छन् ।