काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजी र न्यूरोलोजी उपचारमा पछिल्लो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी उपचार गरिरहेको जनाएको छ ।
अस्पतालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले प्रदान गर्दै आएका सेवाका बारेमा जानकारी गराएको हो । कार्यक्रममा सिनियर कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजी डा. सन्जय सिक्का र न्युरोलोजीका सिनियर कन्सल्टेन्ट डा. पीएन रेनवजेनले पछिल्लो पटक उपचारमा अपनाइएका शैली र तरिकाबारे जानकारी दिनुभएको थियो ।
डा. सिक्काले अस्पतालका सेवा सटिक निदान र कारण पत्ता लगाउनमा केन्द्रीत रहेको बताउनुभयो । यस्तै, इन्स्टिच्युट अफ न्यूरोसाइन्समार्फत् स्ट्रोक, टाउको दुखाइ, मिर्गी, न्यूरोप्याथी, मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्सलगायतका स्नायु रोगको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।