काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउन नसकिने बताउनुभएको छ ।
ललितपुरमा आइतबार आयोजित कार्यक्रममा उहाँले मानव अङ्गहरू प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनुभएको हो ।
नेपालमा मिर्गौला, आँखा लागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको पनि मन्त्री पौडेलको भनाइ छ ।