परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ५ सय शय्याको बनाइने

श्रावण ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ५ सय शय्याको बनाइने

काठमाडौं । सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ५ सय शय्याको बनाउने भएको छ । हाल ४ सय ८९ शय्या रहेको अस्पतालमा ११ शय्या थप गरेर ५ सय शय्या बनाइन लागिएको हो ।

अस्पतालको ६६औैं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले काठमाडौंका दुई नगरपालिकामा २५-२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको बताउनुभयो । 

उहाँले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताउनुभयो । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आर्थिक वर्षमा मात्रै २१ हजार सफल प्रसूति गराइएको र ओपीडीबाट २ लाख ३३ हजारभन्दा बढीले सेवा लिएको जानकारी गराउनुभयो । 

२०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन ४० शय्याबाट अस्पताल सुरू भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.