डेङ्गु सङ्क्रमण : कोशी प्रदेश अगाडि, दोश्रोमा बागमती

काठमाडौं उपत्यकामा सबैभन्दा प्रभावित
जेष्ठ २९, २०८२ |पुजन धिताल
डेङ्गु सङ्क्रमण : कोशी प्रदेश अगाडि, दोश्रोमा बागमती

काभ्रे । स्वास्थ्य मन्त्रालय जनस्वास्थय कार्यालय काभ्रेपलाञ्चोक अनुसार देशभर डेंगी संक्रमित बढ्दै गएका छन् । प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी १८ हजार ६७ जना संक्रमित भेटिएका छन्। 

त्यसपछि बाग्मती प्रदेशमा १२ हजार ९ सय ७०, गण्डकीमा ७ हजार ७ सय ४५, लुम्बिनीमा ३ हजार ८ सय ३२, मधेशमा २ हजार ७ सय ६, सुदूरपश्चिममा २ हजार ९५ र कर्णालीमा १ हजार ४ सय ६८ जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मात्र ५६ प्रतिशत सङक्रमण हुने गरेको जन स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डेङ्गु सार्ने लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने कार्य र स्थानीय तहहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले पत्रकार तथा सरोकारवालाहरूसँग संवाद पनि गरियो ।

कार्यक्रममा प्रस्तुत विवरण अनुसार, आर्थिक वर्ष २०८०/८१ मा नेपालभर ४८ हजार ८ सय ८३ जना डेङ्गु संक्रमित भेटिएका छन्। अघिल्लो वर्ष २०७९/८०मा यो संख्या ५६ हजार ३ सय ३८ रहेको थियो । विशेषगरी काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेश उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूले अन्तरर्क्रीयाका क्रममा बताएका छन्।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।