काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका उपकरण बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले केही दिनअघि अस्पतालहरुमा बिग्रिएर थन्किएका उपकरण मर्मतमा सघाउन केन्द्रका अध्यक्ष महाविर पुनलाई आग्रह गर्नुभएको थियो ।
आज भने स्वास्थ्य मन्त्रालय र केन्द्रबीच सम्झौता नै भएको हो । केन्द्रले १७ वटा संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरणको अवस्थाबारे बुझेर काम लाग्ने सम्भावना भएका उपकरणको मर्मत गर्नेछ ।