नेपालमा मङ्कीपक्सको दोस्रो संक्रमित भेटिए

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा मङ्कीपक्सको दोस्रो संक्रमित भेटिए

काठमाडौं । नेपालमा दोस्रो पटक मङ्कीपक्सको बिरामी भेटिएका छन् । हालै मात्र साउदी अरेबियाबाट आएका एक व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यदुचन्द्र घिमिरेले बताउनु भयो । 

उहाँका अनुसार हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मङ्कीपक्स संक्रमण पुष्टि भएको हो ।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement