रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी

मंसिर ६, २०७९ |बलराम घिमिरे
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी

रसुवा । प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।

आचार्यले १८,२३५ मत ल्याई विजयी भएका हुन् । उनी यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए । आचार्यका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङले ८,६१४ मत ल्याएका छन् ।

रसुवा जिल्लामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार २११ मतदान भएको थियो । जसमध्ये २७ हजार ४ सय २७ मत सदर भएको छ भने ७८४ मत बदर भएको छ ।


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।