‘प्राध्यापकहरूको लापरवाहीका कारण एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ’

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘प्राध्यापकहरूको लापरवाहीका कारण एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताउनुभएको छ ।

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो । चार-पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरूरी रहेको बताउनु भयो । 

मन्त्री पुनले विश्वविद्यालयहरूबीच सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तरू खस्कँदै गएको पनि बताउनु भयो । उहाँले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.