आर्थिक गणनाका लागि मोरङमा तयारी तीव्र

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर्थिक गणनाका लागि मोरङमा तयारी तीव्र

मोरङ । आगामी वैशाख २ देखि असार ७ गतेसम्म हुने आर्थिक गणनाका लागि मोरङमा तयारी तीव्र पारिएको छ । 

१७ स्थानीय तह रहेको मोरङमा आर्थिक गणना कार्यालय स्थापना गरी तयारी अघि बढाएको हो । वैशाख दुई गतेदेखि हुने आर्थिक गणनाका सुपरीवेक्षक र गणक गरी एक सय ७८ जना परिचालन हुने भएका छन् । 

गणकहरूको छनाेट कार्य अन्तिम चरणमा रहेको जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.