सुनचाँदीको मूल्य आज पनि बढ्यो

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीकोे मूल्य बढेको छ । 

सुन तोलामा रू सात हजार चार सय  र चाँदी रू एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला रू दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रू चार हजार ९४५ कायम भएको छ । 

मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रू दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रू चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला रू दुई लाख ८३ हजार पाँच सय र त्यति नै परिमाणको चाँदी रू चार हजार सात सयमा कारोबार भएको थियो ।

गत आइतबार छापावाल सुनको मोल प्रतितोला रू दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रू चार हजार ७२० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.