पश्चिम एसियाको तनावले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढ्याे

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसियाको तनावले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढ्याे

काठमाडौं । पश्चिम एसियाको तनावले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । 

नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको हो । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १ सय २७ प्रतिलिटर रहेकामा समायोजन गरेर २ सय ५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । 

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९ सय ६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७ सय ८५ डलर पुगेको छ । यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८ सय १ डलर रहेकामा बढाएर एक हजार ७ सय ३२ डलर पुग्दा भैरहवामा एक हजार ७ सय १६ डलर पुर्‍याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७ सय ८९ डलरमा कारोबार भइरहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.