
काठमाडौं । नेपालमा नयाँ सरकार गठन भएसँगै नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी विस्तारलाई लिएर नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट अपर्च्युनिटी विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।
अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्दै आएका नेपालीहरूले आयोजना गरेको नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट अपर्च्युनिटी कार्यक्रममा नेपाली दूतावास अमेरिका, महाबाणिज्यदुतावास सानफ्रान्सिस्को र महावाणिज्य दुतावास सानडियगोको र हिमालयन ग्रिल, हन्टिङटनले कार्यक्रमको संयुक्तरूपमा आयोजना गरेको हो ।
कार्यक्रममा नेपालमा नयाँ सरकार आएसँगै व्यापार व्यवसायलगायत उर्जामा कसरी सहकार्य गर्न सकिन्ने भन्ने विषयमा छलफल केन्द्रित भएको मानार्थ महावाणियदूत ऋषि ढकालले जानकारी दिनुभयो । उहाँले छलफलमा व्यापार साझेदारी, नेपाली उत्पादनहरूको निर्यात सम्भावना, पर्यटन तथा आतिथ्यक्षेत्र, आईटी, उर्जा, कृर्षि र पूर्वाधारक्षेत्रमा रहेका सम्भावनाका विषयहरू केन्द्रमा रहेका थिए ।
छलफल कार्यक्रममा नेपाली कृटनीतिक अधिकारीहरू, व्यवसायीहरू तथा दक्षिण क्यालिफोनियामा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वाशिङटन डीसीस्थिति नेपाली दूतावासका चार्ज डीअफेयर्स महामहिम शरद राज अरनलगायत सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मण खनाल,नेपाली दूतावास वाशिङटन डीसीका रक्षा तथा सैनिक सहचारी ब्रिग्रेडियर जनरल पूर्णप्रसाद ढकालको सहभागिता रहेको थियो ।
नेपाली कृटनीतिक निकाय र अमेरिकी भूमिमा रहेका नेपाली समुदायवीच समबन्ध सुदृढ बनाउने उदृढ गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आयोजले दाबी गरेका छन् ।